समाज


स्पिकरमा लुकाएको १५० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

स्पिकरमा लुकाएको १५० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

नेपालखबर
जेठ २०, २०८३ बुधबार १६:३८, काठमाडौँ

लागुऔषध नियन्त्रण ब्युरोले ललितपुरबाट १५० ग्राम लागुऔषध खैरो हेरोइनसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ।

ब्युरोले ललितपुर महानगरपालिका-१५ बाट बारा सिम्रौनगढ नगरपालिका-७ का २५ वर्षीय सेख असरफ अलीलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। 

उनको साथबाट खैरो हेरोइनसहित डिजिटल तराजु २, लागुऔषध लुकाउन प्रयोग भएको स्पिकर चार थान बरामद गरेको छ।

उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको रेग्मीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad