समाज


वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ

फाइल फोटो


नेपालखबर
जेठ १९, २०८३ मंगलबार ७:३२, काठमाडौँ

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ।  

पर्साको ठोरी एरियाबाट आज बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

ठोरीमा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अप्रेशनबाट मेयर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए।

जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको ८ दिन पछि सिंह पक्राउ परेका हुन्। 

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो भनी जन्मदर्ता गरेको, सोही आधारमा नागरिकता र राहदानी बनाएर विदेश पठाएको आरोप छ।

जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।

अदालतले उनीहरूविरुद्ध सातदिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो। 

अदालतले पक्राउको अनुमति दिएपछि एकदिन अदालतमा उपस्थित भएपछि उनी फरार भएका थिए। 

मुलुकी अपराध संहिता २०७४ अनुसार किर्ते कागजको दफा २७६ को उपदफा १, २ र ३ (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखत कसुर गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

मेयर सिंहलाई पनि सोही सजाय माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad