सोमबार, १८ जेठ २०८३ (१ जुन २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: समय व्यवस्थापन गर्न मुस्किल पर्ला। कार्य सम्पादनमा समस्या आउन सक्छ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। दबाब र तनाव बढेको महसुस हुनेछ। अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृष: अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो हातबाट शुभकार्य गर्न पाइनेछ। विशिष्ट व्यक्तिको साथ रहनेछ। आँटे-ताकेको पूरा होला। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
मिथुन: जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। धन हात पर्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ। कार्यमा सफलता पाइनेछ।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कर्कट: नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। न्यायिक कार्यमा सफलता मिल्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन्।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
सिंह: मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। नजिकका व्यक्तिबाट धोका पाइन सक्छ, सचेत रहनुहोला। सानातिना समस्यामा अल्झनुपर्नेछ। पाचन प्रणालीमा समस्या देखिन सक्छ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या: लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। अध्ययन-अध्यापन सफल रहने देखिन्छ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
तुला: जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। भौतिक सुख मिल्नेछ। राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग छ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
वृश्चिक: कार्य क्षेत्र र व्यक्तिगत जीवन सन्तुलित रहनेछ। इष्टमित्रले सहयोग नै गर्नेछन्। नयाँ ठाउँ भ्रमणको अवसर जुर्नेछ र त्यसबाट दीर्घकालीन महत्त्वको सिकाइ हुनेछ। घरपरिवारमा खुसियालीको वातावरण छाउनेछ। वैदेशिक कार्य भने त्यति सन्तोषजनक रहने देखिन्न।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु: न्यायिक कार्यमा सफलता मिल्नेछ। जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। समाजसेवामा मन लाग्नेछ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुन सक्ने भएकाले विचार पुर्याएर निर्णय लिनु होला। मेहनतअनुसार आर्थिक लाभ मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनुहोला।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: शुभकार्यको चर्चा चल्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। रोकिएका काम पूरा हुनेछन्। बोलीको प्रभाव बढ्नेछ। प्रणय सम्बन्ध प्रगाढ बन्नेछ। घरमा पाहुनाको आगमन हुनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। रमाइलो यात्राको योग छ। मित्र वर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। स्वास्थ्य सबल नै रहनेछ।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। झुट नबोल्ने।
मीन: कामले तीव्रता लिनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। आफन्त र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ।
भाग्यशाली रङ हरियो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले धैर्यता कायम राख्ने। निलो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया