राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठकबाट पारित गरी पेस गरिएका दुई विधेयक आइतबार प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन्।
नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
930
Shares

प्रतिक्रिया