भारतमा बिहीबार एकै दिन ६ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
भारतमा बिहीबार ६ हजार १ सय ९८ जना नयाँ संक्रमित थपिएपछि त्यहाँ संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट भारतमा १५० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ३५ सय ८४ पुगेको छ।
भारतमा बुधबार १३२ जनाले ज्यान गुमाएका थिए भने ५५ सय ५३ जना नयाँ संक्रमित फेला परेका थिए।
शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या एक लाख १८ हजार २२६ पुगेको वल्डओमिटरले जनाएको छ। भारतमा अहिलेसम्म ४८ हजार ५ सय भन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन्।
3
Shares

प्रतिक्रिया