कालिमाटीस्थित महानगरीय प्रहरी वृत्तमा कार्यरत कोरोना संक्रमित प्रहरी नायब निरीक्षक (सई)को कन्टयाक्ट ट्रेसिङ गर्ने क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका-६ सिद्धिपुरको एक घर सिल गरिएको छ।
ती असईकी आमा ६ दिनदेखि सिद्धिपुरस्थित छोरीका घरमा बसेको खुलेपछि संक्रमण फैलिन सक्ने जोखिम देखेर स्थानीय बासिन्दाले त्यो घर बिहीबार सिल गरेका हुन्।
स्थानीयका अनुसार त्यस घरमा ती आमासहित ९ जना बस्ने गरेका छन्। उनीहरू सबैको स्वाब परीक्षण गरी कोरोना भए/नभएको निश्चित गर्न स्वीकृति लिएर घर बन्द गरिएको नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले बताएका छन्। रिपोर्ट नआउन्जेलका लागि त्यस घरमा आवश्यक दैनिक उपभोग्य वस्तु व्यवस्था गरिएको सिद्धिपुर नगरपालिकाले जनाएको छ।
कलिमाटी वृत्तमा कार्यरत ती असईसहित दुई प्रहरीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो। उक्त वृत्तसहित त्यहाँ रहेका तीन तथा त्यसमातहतका ३ एकाइ गरी ६ प्रहरी कार्यालय यसअघि नै सिल गरिएको छ।

प्रतिक्रिया