दुर्घटनाको एक महिनापछि सुनकोशी नदीबाट एक युवाको शव निकालिएको छ।
सशस्त्र प्रहरीको टोलीले बिहीबार सुनकोशीबाट एक युवाको शव निकालेको हो।
गत वैशाख ७ गते काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका ८ सापिङस्थित सडकखण्डको सिलामे भिरमा बलेरो जिप सुनकोशी नदीमा खस्दा दुई युवा बेपत्ता भएका थिए।
बेपत्ता हुनेहरुमा काभ्रेको भुम्लु गाँउपालिका ८ सापिङ बस्ने २६ वर्षीय अशोक गिरी र २८ वर्षीय भोला महत रहेका थिए। बेपत्तामध्ये बिहीबार सशस्त्रको टोलीले महतको शव फेला पारी नदीबाट बाहिर निकालेको हो।
दुर्घटनाकाे जानकारीपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेपलाञ्चोक र नम्बर १६ गण सिन्धुपाल्चोकबाट एपीएफ टोली खोजी कार्यमा जुटेको थियो।
बेपत्ता अर्का युवा गिरीको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको एपीएफ टोली खटिएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया