ad ad

कारोबार


विदेशबाट ल्याइने नेपालीलाई क्वारेन्टिनमा खुवाउन आपूर्ति मन्त्रालयले किन्दैछ २ लाख क्विन्टल चामल

विदेशबाट ल्याइने नेपालीलाई क्वारेन्टिनमा खुवाउन आपूर्ति मन्त्रालयले किन्दैछ २ लाख क्विन्टल चामल

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १२:४२,

सरकारले विदेशबाट आउने नागरिकहरुलाई कम्तीमा १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने भएपछि आवश्यक खाद्यान्न किन्ने भएको छ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मौखिक रुपमा उक्त खाद्यान्न व्यवस्थापनको जिम्मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइसकेको छ।

विदेशबाट ठूलै संख्यामा नेपाली आउने आँकलनसहित विभिन्न किसिमका व्यवस्थापनको जिम्मा विभिन्न निकायहरुलाई बाँडफाँट गरिएको हो।

सोअनुरुप आपूर्ति मन्त्रालयले खाद्यान्नको जिम्मा पाएको छ। तर विदेशबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने भन्नेबारे भने मन्त्रिपरिषद्ले निर्णय गर्न बाँकी छ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि आधिकारिक हुनेछ।

खाद्यान्न व्यवस्थापनको जिम्मा पाएसँगै आपूर्ति मन्त्रालयले भने तत्कालको लागि २० हजारको लागि खाद्यान्नको प्रबन्ध गर्ने तयारी सुरु गरेको छ।

मन्त्रालयले मातहतको संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत दाल र चामल खरिदको प्रक्रिया अपनाएको हो।

खाद्य कम्पनीमा अहिले १ लाख ४० हजार क्विन्टल चामल मौज्दात छ। यो चामल अभाव भएको समयमा बिक्रीवितरण गर्नका लागि राखिएको हो। कोरोना संक्रमणपछि निरन्तर रुपमा कम्पनीले वितरण पनि गर्दै आएको छ।

त्यस्तै संकटको लागि भन्दै पुनः १ लाख क्विन्टल चामल खरिदको लागि प्रक्रिया अपनाएको थियो। एक महिनाअघि टेण्डरमार्फत खरिदप्रक्रिया अपनाएको थियो।

तर सरकारले विदेशमा रहेका नागरिक समेत फिर्ता ल्याउने भनेपछि त्यसमा २ लाख क्विन्टल थप गरेर एक साथ ३ लाख क्विन्टल चामल खरिदको प्रक्रिया अपनाएको खाद्य कम्पनीका उपमहाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए।

उनले भने, ‘सरकारले मौखिक रुपमा तयार रहनु भनेपछि विदेशबाट आउने २० हजार जनाको लागि भनेर २ लाख क्विन्टल चामल खरिदको तयारी गरेका हौँ। साथै त्यसको लागि दालको पनि व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं।’

कम्तीमा पनि १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने भएपछि २० हजार जनालाई १४ दिनको दाल र चामलको व्यवस्था जेठ १५ गतेसम्म गर्ने गरी खाद्य कम्पनी अघि बढेको उनले बताए।

यो पनि पढ्नुहोस्
लकडाउनका कारण खोसियो ६० लाख नेपालीको रोजगारी
सात मुलुकबाट मात्र ४ लाख नेपाली फर्किंदै, यस्तो छ तिनलाई ल्याउने योजना
केमा व्यस्त छ नेपालको २ करोड ७ लाख सक्रिय जनशक्ति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .