समाज


आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कति प्रतिशत

आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कति प्रतिशत

नेपालखबर
जेठ १३, २०८३ बुधबार ६:२६, काठमाडौँ

आज बुधबार पनि काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौँ उपत्यकामा आज पनि मंगलबारजस्तै साँझपख वर्षा हुने सम्भावना देखिएको हो। 

‘तर वर्षाको सम्भावना हिजोभन्दा केही कम देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत मात्र छ।’ 

मौसमविद् लामिछानेनका अनुसार आज दिनभरचाहिँ काठमाडौँ उपत्यकामा मौसम घाम-बादल, घाम बादलको अवस्थामा रहने अनुमान छ।

‘अनि अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ। कतै कतै मध्यमसम्म पनि हुन सक्छ’, उनले भने। 

गएराति काठमाडौँ उपत्यकाका अधिकांश स्थानमा हल्का वर्षा भएको र केही ठाउँमा मध्यम वर्षा पनि भएको उनले बताए। 

देशभरको मौसम र वर्षा सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे विस्तृत बुलेटिन जारी गर्नेछ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad