ad ad

समाज


अम्पुन आँधीका कारण भारत र बंगलादेशमा ८० भन्दा बढीको मृत्यु

अम्पुन आँधीका कारण भारत र बंगलादेशमा ८० भन्दा बढीको मृत्यु

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १२:२८,

कोरोना भाइरसको प्रकोपबीच भारत र बंगलादेशमा अम्पुन आँधीले अर्को विपत्ति सिर्जना गरेको छ।

एक सय १० माइल प्रतिघण्टाको रफ्तारमा कुदिरहेको अम्पुन आँधीका कारण भारतमा धेरै मानिसले ज्यान गुमाएका छन्।

भारतको पश्चिम बंगाल राज्यममा मात्र ७२ को मृत्यु भएको छ भने ओडिशा राज्यमा दुई तथा बंगलादेशमा दश जनाको मृत्यु भएको बताइएको छ।

Image

भारतमा प्राय रुखले किचेर मानिसको मृत्यु भएको जनाइएको छ। यस अम्पुन आँधीले रुख भाँचेको छ भने बिजुलीमो पोल उखालेको छ। यसले घरहरु ध्वस्त बनाइरहेको बताइएको छ।

आँधीको खतरा मध्यनजर गर्दै भारत र बंगलादेशले हजारौं मानिसलाई स्थान्तरण गरेर सुरक्षित स्थानमा लगेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .