समाज


विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १६:९, काठमाडौँ

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–११ स्थित डब्लुडब्लुआइसिएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक काठमाडौँ महानगरपालिका–२६ बस्ने भारत पञ्जाव मोहालीका २६ वर्षीय अमितकुमार र काठमाडौँ महानगरपालिका–३ बस्ने भारत हरियाणा फरिदावादका ३९ वर्षीय राहुल कुमार रहेको प्रहरीले जनाएको छ।

उक्त ठगीको अभियोगमा पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका बस्ने चितवन कालिका नगरपालिका–६ की २७ वर्षीया मुस्कान घिमिरे, मकवानपुर बकैया गाउँपालिका–९ का ३९ वर्षीय जनकबहादुर वाइबा, सुनसरी रामधुनी नगरपालिका–५ का २७ वर्षीय मिलन घिमिरे, काठमाडौँ महानगरपालिका–१५ बस्ने मोरङ बेलबारी नगरपालिका–३ का २७ वर्षीय कमल थापा तथा मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ की ४० वर्षीया नितु घिमिरे रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। 

पक्राउमध्ये अमित र राहुलले क्यानडा पठाइदिने भन्दै रु एक करोड ५७ लाख ६५ हजार ४००, मुस्कानले ग्रिस पठाउने भनी रु १२ लाख, जनकले फ्रान्स पठाउने भन्दै रु १६ लाख, मिलनले क्रोएसिया पठाउने भनी रु तीन लाख ३५ हजार ठगी गरेका अभियोग छ।

त्यस्तै, कमलले बेलायत, रोमानियालगायत देशमा पठाउने भन्दै रु २७ लाख ५० हजार र नितुले अमेरिका पठाउने भन्दौ रु २६ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको उपरीक्षक कार्कीले बताए।

पक्राउ परेकामध्ये अमित र राहुललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad