काठमाडौँको ठमेल क्षेत्रमा अश्लील क्रियाकलाप गरेको आरोपमा प्रहरीले युगाण्डाका ५ जना नागरिकहरूलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठमेल एरियामा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिने गरेको पाइएको थियो।
प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डिउटीमा खटिएका प्रहरीमाथि नै अपशब्द प्रयोग गरी गालीगलौज तथा धक्कामुक्का गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका युगान्डेली नागरिकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जनाएका छन्।
66
Shares

प्रतिक्रिया