समाज


नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाएको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली सर्टिफिकेट पेस गरेर जागिर खाएको आरोपमा शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ ११, २०८३ सोमबार १६:५२, काठमाडौँ

नवलपरासी (ब.सु.पू.) विनयी त्रिवेणी गाउँपालिका-२ बस्ने कृष्णबहादुर खन्गाहाविरुद्ध नक्कली सर्टिफिकेट पेस गरेर शिक्षक पदमा जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

खन्गाहाले शिक्षक पदमा जागिर खाने गरी सेवा प्रवेश गर्दा नक्कली प्रमाणपत्र पेस गरी जागिर खाँदै आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगका अनुसार खन्गाहाले श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा २०५९ मंसिर १ गतेदेखि लागू हुने गरी अस्थायी प्रा.वि. तहको शिक्षकको ओहदा पाउन तथा २०७५ चैत २९ देखि सोही विद्यालयको प्रा.वि. तहको स्थायी शिक्षकमा नियुक्तिका लागि भारतीय बोर्ड नागाल्यान्ड बोर्ड अफ स्कुल एजुकेसन, कोहिमाबाट जारी भएका भनिएका एडमिट कार्ड, मार्क सिट एन्ड माइग्रेन सर्टिफिकेट लगायतका योग्यता सम्बन्धी झुट्टा विवरण एवं सो सम्बन्धी झुट्टा प्रमाणपत्र पेस गरी नियुक्ति लिएका थिए।

हाल मणिसंगम माध्यमिक विद्यालय विनयी त्रिवेणी गाउँपालिका-२, नवलपरासी (ब.सु.पूर्व) मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत रही ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जनाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad