समाज


मधेसका तीन चिकित्सकको कारबाही फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

मधेसका तीन चिकित्सकको कारबाही फिर्ता लिन ७२ घण्टे अल्टिमेटम

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १७:४१, काठमाडौँ

मधेस प्रदेशमा कार्यरत तीन चिकित्सकलाई गरिएको कारबाही तत्काल फिर्ता लिन नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिललाई आग्रह गरेको छ। 

शुक्रबार चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीले प्रेस विज्ञप्ति जारी गरी तत्काल कारबाही फिर्ता लिन माग गरेका छन्। जेठ ४ गते उपचारका क्रममा एक बिरामीको शल्यक्रियापछि ज्यान गएको थियो। 

त्यसलाई लिएर मेडिकल काउन्सिलले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत डा. धिरेन्द्रकुमार साह र डा. श्रेयालक्ष्मी साहलाई अस्पतालबाट निलम्बन गरिएको छ भने अस्पतालका प्रमुख डा. जामुनप्रसाद सिंहलार्य निलम्बन गर्न मन्त्रालय तथा सम्बन्धित निकयालाई लेखी पठाउने निर्णय गरेको छ। 

यसलाई लिएर चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ। ‘बिरामीको अवस्था र उपचारको विषयमा वास्तविक तथ्य पत्ता नलगाई नेपाल मेडिकल काउन्सिलको अनुसन्धानविना गरिएको यस्तो निर्णय प्रचलित कानुन विपरीत रहेको संघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ। 

मधेस प्रदेशअन्तर्गत रहेका विभिन्न सरकारी अस्पतालमा छात्रवृत्ति करारअन्तर्गत कार्यरत चिकित्सकलाई समयमा तलब भत्ता उपलब्ध नगराएको संघले स्मरण गराएको छ। यस्तो अवस्थामा तथ्यविना चिकित्सकलाई निलम्बन गरिएको घटनाले अन्याय भएको र यसबाट स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने संघले जनाएको छ। 

संघले तत्काल उनीहरूको कारबाही फिर्ता लिन माग गरेको छ। समयमै कारबाही फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। 
‘मधेस प्रदेशअन्तर्गत कार्यरत चिकित्सकहरूले उठाएको मागप्रति संघको एक्यबद्धा रहेको बेहोरो अवगत गराउँदै ७२ घण्टाभित्र निलम्बन फिर्ता नभए आन्दोलनको कार्यक्रम घोषणा गर्न संघ बाध्य हुने बेहोरो समेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौँ,’ चिकित्सक संघले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad