समाज


मोदीखोला छेउको खोँचमा मृत फेला परेका पर्यटकको शव तीन दिनपछि निकालियो

मोदीखोला छेउको खोँचमा मृत फेला परेका पर्यटकको शव तीन दिनपछि निकालियो

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १९:३५, काठमाडौँ

कास्की माछापुच्छ्रे गाउँपालिका-९, मर्दी क्याम्पबाट बेपत्ता भएका एक पर्यटकको शव फेला परेको छ। गत वैशाख ३० गतेदेखि हराइरहेका ती व्यक्तिको शव मोदी खोला छेउको खोँचमा फेला परेको नेपाली सेनाले जनाएको छ। 

शनिबार मृत भेटिएका काठमाडौँ सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरोको शव आज (मंगलबार) निकालिएको हो। त्यतिबेला कठिन भौगोलिक अवस्थाका कारण शव निकाल्न सकिएको थिएन।

उनको शव निकाल्नका लागि सेनाको महावीर गण (रेञ्जर) बाट टोली खटिएको थियो। सेनाका अनुसार अन्य सुरक्षा निकायको सहकार्यमा खोँचबाट शव निकालिएको हो। त्यसपछि शवलाई पोखरा ल्याएर पोखराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौँ ल्याएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad