समाज


आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ कि छैन?

आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ कि छैन?

नेपालखबर
जेठ ४, २०८३ सोमबार ६:२८, काठमाडौँ

आज (सोमबार) काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना कम देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसम महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना देखिएको हो। 

‘अहिले बिहान काठमाडौँ उपत्यकाको आकाशमा थोरै मात्र बादल लागेको छ, दिउँसो अलि बढ्ने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको छ’, उनले नेपालखबरसँग भने, ‘तर पानी पर्ने सम्भावना अलि कम नै देखिएको छ।’

मौसमविद् ढकालका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, घाम-बादल हुने सम्भावना छ।  

देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे प्रक्षेपण जारी गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad