मोटरसाइकल दुर्घटनामा घाइते भएका रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ नोउडीहवाका ३५ वर्षीय श्रीभावत धोवीको मृत्यु भएको छ।
शनिबार रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-७ भैसाहीस्थित सडकमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको यूपू ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका थिए।
दुर्घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरी भैरहवास्थित सिटी अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मोटरसाइकलमा सवार अर्का युवकको उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
369
Shares

प्रतिक्रिया