किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बाँकेबाट २५ वर्षका युवकलाई पक्राउ गरेको छ।
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई बिहीबार साँझ प्रहरीले घरबाटै पक्राउ गरेको हो।
धिरजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
63
Shares

प्रतिक्रिया