लागुऔषध खैरो हेरोइनसहित विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र मातहतबाट ५५९ ग्राम खैरो हेरोइनसहित १० जनालाई पक्राउ गरिएको ब्यूरोको प्रवक्ता एसपी दुर्गाराज रेग्मीले बताए।
उनीहरुरूको साथबाट प्रहरीले १६ लाख ६३ हजार ५५० रुपैयाँ पनि बरामद गरेको छ। ब्यूरोको कोटेश्वरस्थित कार्यालयबाट खटिएको टोलीले ४९ ग्रामसहित ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बझाङको छविस पाथीभरा गाउँपालिका १ का ३१ वर्षीय भरत ओखेडा, दोलखा मोलुङ २ का ३६ वर्षीय गोपी कट्वाल र भारत विहारका ३४ वर्षीय मंगल रामलाई पक्राउ गरेको छ।
यस्तै, थानकोट शाखा र थानकोट वृत्तबाट खटिएको टोलीले १९७ ग्रामसहित २ जना पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना भारतीय नागरिक छन्। उत्तर प्रदेशका ३५ वर्षीय तेजेन्द्र कुमार र २० वर्षका विजय सिंह रहेका छन्।
यस्तै, पोखराबाट पनि एक जना पक्राउ परेका छन्। रौतहट घर भइ पोखरा बस्ने २२ वर्षकी रुविना खातुन खैरो हेरोइन ३० ग्राम, डिजिटल तराजु र ११ लाख ४८ हजार रुपैयाँसहित पक्राउ परेका हुन्।
सुर्खेतबाट पनि थप दुई जनालाई पक्राउ गरिएको एसपी रेग्मीले बताए। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १४ का २० वर्षीय प्रशान्त सुनार र सोही नगर वडा नं ३ का ४८ वर्षीय एकेन्द्रबहादुर सुनार रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले ३ ग्राम खैरो हेरोइन, ५ लाख १५ हजार ५५० रुपैयाँ पनि बरामद गरेको छ।
Shares

प्रतिक्रिया