मुगुमा बसले किच्दा सहचालकको मृत्यु भएको छ।
छायाँनाथ रारा नगरपालिका–४ ताल्चा स्थित नाग्म गमगढी सडक खण्डमा कप्र ०२–००१ ख०९८६ नं. को मिनी बसले ब्याक गर्ने क्रममा किच्दा सह–चालक जुम्लाको पातारासी गाउँपालिका ३ बस्ने २९ वर्षीय राजेन्द्र खड्काको ज्यान गएको हो।
बस चालक जुम्ला पातारासी गाउँपालिका–७ पटमारा बस्ने ४३ वर्षीय शक्ति सिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जनाएको छ।
96
Shares

प्रतिक्रिया