कोरोना भाइरस (कोभिड १९) तरकारी वा खानाका प्याकेटबाट सर्ने सम्भवान कम रहेको विज्ञले बताएका छन्।
कोभिड १९ स्वास्प्रस्वाससँग सम्बन्धित रोग भएका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सिधा सम्पर्कबाट सर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। उनले संक्रमित व्यक्तिले खोक्दा वा हाछ्यू गर्दा निस्कने थुकका छिटाबाट सर्ने बताए।
भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढीहरेका बेला भारतबाट आयातित तरकारी तथा फलफूल खाने कि नखाने भन्ने प्रश्नमा प्रवक्ता देवकोटाले यस्तो बताएका हुन्।
उनले अहिलेसम्म स्वासप्रस्वाससम्बन्धी रोग निम्त्याउने भाइरसहरु खाना र खानाका प्याकेटबाट सरेको प्रमाणित नभएको बताए।
कोरोना भाइरसलाई बाँच्न र विकसित हुन सेलको आवश्यकता पर्ने र खानका प्याकेटमा त्यस्ता सेल नहुने हुँदा त्यहाँ भाइरस वृद्धि हुने सम्भावना कम हुने उनको भनाइ थियो।
‘कोरोना भाइरसलाई बाँच्न र वृद्धि गर्न कोषको आवश्यकता पर्दछ, त्यस्ता कोष (सेल)हरु खाना र प्याकेटहरुमा हुँदैनन् र त्यहाँ भाइरस बाँच्न र वृद्धि गर्न सक्दैन’, प्रवक्ता डा. देवकोटाले भने, ‘तर खाना र तरकार र फलफूल रहेका प्याकेटको सतहमा भाइरसहरु रहन सक्छ।’
उनले खाद्यान्न तथा तरकार र फलफूल आयात गर्दा कोरोना भाइरस निसंक्रमण गर्ने विधि प्रयोग गरेर गरिएको भन्दै ढुक्क भएर खान आग्रह गरे।
उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा यसअघि नै आयातका क्रममा कोरोना भाइरस निसंक्रमण गर्ने कार्यविधि जारी गरिसकेको र सोही विधिअनुसार निसंक्रमण गरेर त्यस्ता प्याकेटहरु भित्रने भएकाले त्यो भित्र रहेका खाने कुरा र तरकारी, फलफूल खादा भाइरस नसर्ने बताए।
उनले त्यस्ता आयातित खाद्य सामग्री (खान, तरकारी, फलफूल) खाँदा राम्रोसँग पाखालेर खान र आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन सबैमा आग्रह समेत गरे।

प्रतिक्रिया