ad ad

समाज


मृतक महिलाको सम्पर्कमा आएका सिन्धुपाल्चोकका ५३ जनामा देखिएन कोरोना

मृतक महिलाको सम्पर्कमा आएका सिन्धुपाल्चोकका ५३ जनामा देखिएन कोरोना

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ९:३१,

सिन्धुपाल्चोकमा कोरोनाको कारण मृत्यु भएकी महिलाको घरपरिवार तथा छिमेकमा गरिएको परीक्षणमा ५३ जनाको नतिजा निगेटिभ आएको छ।

बाह्रबिसे नगरपालिकास्थित मृतक महिलाको सम्पर्कमा आएका मानिसहरुको परीक्षण गरिएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको नरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्।

‘५३ जनाको रिपोर्ट आएपछि केही हल्का भएको छ,’ नेपालखबरसँग उपप्रमुख पाख्रिनले भनिन्।
५६ जनाको नमुना संकलन गरिएपनि तीन जनाको जनाको नमुनामै गडबडी भएपछि परीक्षण हुन सकेको छैन। ती तीन जनाको स्वाब सोमबार पुनः प्रयोगशाला पठाइएको पाख्रिनले जानकारी दिइन्।

ती महिलाको गत बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। त्यसपछि उनको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको थियो।

उनको मृत्युपछि उनको घर बाह्रबिसेको राम्चेमा आइतबार विज्ञ स्वास्थ्य टोली गएर ५६ जनाको स्वाब संकलन गरेको थियो।

मृतक महिलाको उपचार गर्ने प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेका स्वास्थ्यकर्मी, प्रशासनका कर्मचारी त्यस क्षेत्रका स्थानीय र सुरक्षाकर्मी समेत गरी सोमबार थप १ सय ३३ जनाको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको छ।

‘सोमबार बाह्रबिसे बजारका ८७ र स्वास्थ्य केन्द्रका चिकित्सक, नर्स, प्रशासनका कर्मचारी र सुरक्षाकर्मीसहित केही स्थानीयसहित ४६ जना गरी जम्मा १ सय ३३ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौं पठाएका छौं,’ पाख्रिनले भनिन्, ‘मंगलबार साँझसम्म नतिजा आइपुग्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .