ad ad

कारोबार


सरकारको नीति तथा कार्यक्रममा पर्यटन व्यवसायी असन्तुष्ट

सरकारको नीति तथा कार्यक्रममा पर्यटन व्यवसायी असन्तुष्ट

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ९:२३,

पर्यटन व्यवसायीले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन्।

नीति तथा कार्यक्रममा असन्तुष्टि जनाउँदै १० वटा पर्यटन संघ/संस्थाहरु टुर एण्ड ट्राभल एजेन्ट्स, होटल एसोसिएसन, ट्रेकिङ एजेन्सी, पर्यटक यातायात, टुर अपरेटर, पाटा, माउन्टेरिङ, टुरिष्ट बस, ¥याफ्टिङ एजेन्सी, रेष्टुरेन्ट एण्ड बार, एक्सपिडिसन अपरेटर्स, सोसाइटी अफ ट्रभल एण्ड टुर अपरेटर्स संघ/संस्थाले संयुक्त वक्तव्य जारी गरेका हुन्।

कोरोना भाइरसको महामारीबाट नराम्रोसँग प्रभावित भएकोमा सरकार गम्भीर नभएको र पर्यटन व्यवसायको पुनस्थापना गर्ने ठोस कार्यक्रम नआएको उनीहरुले बताएका छन्।

‘देशकै अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगलाई बचाउन राज्यले बेवास्ता गरेको समग्र पर्यटन व्यवसायीहरुलाई आभास भएको छ भने यस विषयमा सम्पूर्ण पर्यटनसम्बद्ध संघ÷संस्थाहरुको गहिरो र गम्भीर ध्यानाकर्षण समेत भएको छ’, संघहरुले भनेका छन्।

नेपाल सरकारले आह्वान गरेको नेपाल भ्रमण वर्षलाई व्यापक रुपमा सफल बनाउन पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा अर्बौँ लगानीको संरक्षण गर्ने, शिथिल भइसकेको व्यवसायलाई पुनर्र्जीवन दिएर पुनर्स्थापना गर्ने सरकारको प्रमुख दायित्व हुनुपर्ने व्यवसायीहरुको भनाइ छ।

‘नीति तथा कार्यक्रममा नयाँ योजनाहरु आएको तर महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीहरुलाई पुनरुत्थान गर्ने कुनै पनि ठोस योजनाहरु घोषणा नगरिएको कारण यसले व्यवसायीहरुलाई मर्माहत, आक्रान्त र निराश बनाएको छ’, व्यवसायी संघ संस्थाले भनेका छन्।

खर्बौंको लगानी डुब्ने र नेपालको समग्र पर्यटन उद्योग नै तहसनहस हुने खतरालाई मध्यनजर गर्दै सरकारले आगामी बजेटमा सम्बोधन गर्ने विश्वास गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .