ad ad

समाज


भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, सोमबार १३१ को मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, सोमबार १३१ को मृत्यु

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १:११,

भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ। अहिलेसम्म भारतमा एक लाख तीन सय २८ जना कोरोना संक्रमित भएका वल्डओमिटरले जनाएको छ।

सोमबार भारतमा चार हजार ६ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमणबाट भारतमा अहिलेसम्म ३१ सय ५६ जनाको मृत्यु भएको छ। सोमबार मात्रै भारतमा १ सय ३१ जनाले ज्यान गुमाएका छन्।

आइतबार एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए। संक्रमितमध्ये अहिलेसम्म भारतमा ३९ हजार २ सय ३३ जना उपचारपछि निको भएका छन्।

महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख १९ हजार ९ सय ६१ पुगेको छ।

गएको २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ३ हजार ४ सय ४१ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा मात्रै विश्वभर ८८ हजार ६ सय ६८ जना नयाँ संक्रमित थपिएका छन्।

एकै दिन अमेरिकामा २२ हजार भन्दा धेरै, ब्राजिलमा १४ हजार भन्दा धेरै, रुसमा झण्डै ९ हजार नयाँ संक्रमित थपिएका छन्।

संक्रमण नियन्त्रणमा आएको चीनमा पनि सोमबार ७ जना नयाँ संक्रमित थपिएका वल्डओमिटरले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .