समाज


सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ

फाइल फोटो


नेपालखबर
बैशाख २१, २०८३ सोमबार ८:१४, काठमाडौँ

सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले सफाइ पाएका छन्।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बम्जनलाई सफाइ दिने निर्णय गरेको हो। 

गत वैशाख ८ गते बम्जनमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। अभियोग नपुग्ने भन्दै अदालतले बम्जनलाई सफाइ दिएको हो।

बाल यौन दूराचारको आरोपमा उच्च अदालत जनकपुरले बम्जनलाई ६ चैत २०८१ मै सफाइ दिएको थियो। 

जिल्ला अदालत सर्लाहीले भने १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। यसविरुद्ध उनी उच्च अदालत गएका थिए। 

बाराको रतनपुरी जंगलमा बसेर तपस्या गरेको भनेर चर्चामा आएका बम्जन आफूमाथि विभिन्न अभियोग लागेपछि भाग्दै आएका थिए। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बाल यौन दूराचारको आरोपमा १४ पुस २०८० मा बम्जनलाई काठमाडौँका बुढानीलकण्ठबाट पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad