समाज


आज यी स्थानमा मध्यमसम्म वर्षा, तराईमा हुरीको पनि सम्भावना

आज यी स्थानमा मध्यमसम्म वर्षा, तराईमा हुरीको पनि सम्भावना

नेपालखबर
बैशाख १७, २०८३ बिहिबार ८:४५, काठमाडौँ

हाल (बिहीबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको छ। अनि कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी र स्थानीय वायुका साथै देशको पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव छ।

आज यस्तो छ मौसम/वर्षाबारे प्रक्षेपण:

दिउँसो : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बादल लाग्ने साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोसी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। देशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

राति : देशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्ने र र तराईमा आंशिक बादल लाग्नेछ। कोसी, बागमती गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

यसैबिच आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिएका छन्। 

'आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ', बिहीबार बिहान नेपालखबरसँग उनले भने।

यो खबर लेख्दासम्म काठमाडौँ उपत्यकामा छिटपुट वर्षा सुरु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad