नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसम बदली हुँदा देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा प्युठानको हंसपुरमा मापन गरिएको छ। पछिल्लो १२ घण्टामै त्यहाँ १०४.४ मिलिमिटर वर्षा भएको छ। यो धेरै भारी वर्षा हो।
२४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा भएमा धेरै भारी वर्षामा गणना गर्ने गरिएको छ।
अन्य विभिन्न जिल्लामा पनि भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान विभागअनुसार कास्कीमा ८०, म्याग्दीमा ७८, तनहुँमा ७०, कपिलवस्तुमा ५०.८, चितवनमा ५४.६, सङ्खुवासभामा ५१.४ मिलिमिटर वर्षा भएको छ। यो भारी वर्षा हो । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको छ।
153
Shares

प्रतिक्रिया