समाज


सडकमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

सडकमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

फाइल फोटो


नेपालखबर
बैशाख १६, २०८३ बुधबार १०:९, काठमाडौँ

हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड अवरुद्ध भएको छ। 

यस सडकअन्तर्गत मध्यनेपाल नगरपालिका १० विमिरे भञ्ज्याङमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। 

‘गएरातिदेखि नै हालसम्म वर्षा भइरहेका कारण सो क्षेत्रमा पहिरो जाँदा सो मार्गमा आवत जावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेको छैन,’ उनले भने। 

पहिरो तत्काल खुलाउन पहल भइरहे पनि वर्षाले प्रभावित भएको कारण पहिरो खुलाउन समय लाग्छ उनले बताए। सडकखण्डमा विभिन्न खोला छन्। खोलामा पानीको बहाव उच्च रहेकाले सवारीसाधन सञ्चालन हुन नसक्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad