ग्लोबल


पश्चिम बंगालमा अन्तिम चरणको मतदान जारी

पश्चिम बंगालमा अन्तिम चरणको मतदान जारी

नेपालखबर
बैशाख १६, २०८३ बुधबार १०:१८, काठमाडौँ

भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनअन्तर्गत आज बुधबार दोस्रो तथा अन्तिम चरणको मतदान भइरहेको छ। पश्चिम बंगालका बाँकी १४२ सिटका लागि बुधबार बिहान ७ बजेदेखि मतदान भइरहेको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार दोस्रो चरणको चुनावमा कुल १ हजार ४४८ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमा २२० महिला छन्।

कोलकाता, हावडा, उत्तर र दक्षिण २४ परगना, नादिया, हुगली र पूर्वी बर्दवान जिल्लाका मतदान केन्द्रमा मतदातामा लाइनमा देखिएका छन्। 

२०२१ मा टीएमसीले यी १४२ सिटमध्ये १२३ सिट जितेको थियो भने भाजपाले १८ सिट र आइएसएफले १ सिटमा मात्र विजय हासिल गरेका थिए। 

यसअघि पश्चिम बंगालमा पहिलो चरणमा १५२ सिटका लागि अप्रिल २३ मा मतदान भएको थियो।

चुनावको नतिजा मे ४ मा घोषणा गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad