विभिन्न जिल्लामा तीनजना मृत अवस्थामा फेला परेका छन्।
नवलपरासीपूर्व, रुपन्देही र गुल्मीमा तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
नवलपरासीको देवचुली नगरपालिका-६ फेदीस्थित जंगलमा एक पुरुष मृत फेला परेका छन्।
बुलिङटार गाउँपालिका-४ अर्खला बस्ने ४६ वर्षीय कुपिलाल सारू घर नजिकैको जंगलमा मृत भेटिएका प्रहरीले जनाएको छ।
त्यसैगरी रूपन्देहीको ओमसतिया गाउँपालिका-२ बिरनगरस्थित खेतमा एक पुरुष मृत भेटिएका छन्।
हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष सोमबार नै मृत भेटिएका हुन्।
त्यसैगरी गुल्मीको सत्यवती गाउँपालिका-६ बोटेगाउँ छल्दीस्थित बडिगार्ड खोलामा पनि एक पुरुषको शव भेटिएको छ।
करिब ४० वर्षीय पुरुषको हाल नाम, थर र वतन खुलेको छैन।
यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया