मकवानपुरमा रोकिएको ट्रकमा अर्को ट्रक आएर ठोकिँदा एकजना सहचालकको मृत्यु भएको छ।
हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङमा रोकी राखेको ना.६ ख ४२८९ नम्बरको ट्रकमा ना.७ ख ७०१८ नम्बरको ट्रक आएर ठोकिँदा २३ वर्षीय युवकको मृत्यु भएको हो।
दुर्घटनामा ना.७ ख ७०१८ नम्बरको ट्रकका सहचालक पर्साको पर्सागढी गाउँपालिका-३ विरूवागोटी बस्ने २३ वर्षीय फुलकान्त थारूको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले दुबै ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।
81
Shares

प्रतिक्रिया