प्युठानमा चट्याङ लागेर बाबुछोराकै मृत्यु भएको छ।
गौमुखी गाउँपालिका-६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र उनका छोरा २८ वर्षीय रामु बोहरा क्षेत्रीको चट्याङ लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार आइतबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर घाइते भएकी एक महिलाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
189
Shares

प्रतिक्रिया