ad ad

समाज


प्रदेश २ कोरोना भाइरसको इपिसेन्टर बन्दै, आठ जिल्लामा १३१ संक्रमित

प्रदेश २ कोरोना भाइरसको इपिसेन्टर बन्दै, आठ जिल्लामा १३१ संक्रमित

शैलेन्द्र महतो
जेठ ५, २०७७ सोमबार ४:४,

प्रदेश २ कोरोना भाइरसको इपीसेन्टर बन्दै गएको छ। परीक्षणको गति तीब्र पारिएसँगै प्रदेश २ मा संक्रमित थपिने क्रम बढ्दै छ।

देशका सातमध्ये सबैभन्दा बढी संक्रमित प्रदेश २ मा फेला छन्। सोमबार बिहान रौतहटमा ८ र बारामा १ जना कोरोना संक्रमित थपिएसँगै देशभरमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ। यसअघि आइतबार मात्र रौतहटमा १० जना संक्रमित भेटिएका थिए।

सोमबार बिहान पौने ९ बजेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश २ मा मात्रै कोरोना संक्रमितको संख्या एक सय ३१ पुगेको हो। प्रदेश २ का आठवटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

प्रदेशमा सबभन्दा बढी संक्रमित पर्सा र रौतहटमा छन्। पर्सामा तीन भारतीयसँगै ९१ जना र रौतहटमा २१ जनामा कोरोना संक्रमण भेटिएका छन्।

त्यसैगरी धनुषामा ६, महोत्तरीमा ४, बारामा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १–१ जना कोरोना संक्रमित फेला परेका प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।

उनका अनुसार संक्रमितहरुको उपचार वीरगञ्जको नारायणी उपेक्षेत्रीय अस्पतालको आइसोलेशन, वीरगञ्जकै सिद्धर्थ स्कुलको आइसोलेशन, प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशन र सप्तरीको राजविराज स्थित सगरमाथा अस्पतालको आइसोलेशनमा भइरहेको छ।

अहिलेसम्म भेटिएकामध्ये अधिकांश कोरोना संक्रमित भारतबाट आएका छन्। खुल्ला सीमाको कारण चोरबाटो हुँदै भारतको दिल्ली, मुम्बई लगायत का ठाउँबाट उनीहरु नेपाल प्रवेश गरेको खुलेको छ।

भारतसँग खुल्ला सीमाकै कारण प्रदेश २ कोरोनाको उच्च जोखिममा रहेको भन्दै पहिले नै सरकारले रेडजोनमा राखेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .