समाज


काठमाडौँका सुकुमबासी बस्तीबाट विस्थापित २१४ परिवार मात्रै पुगे अहिलेसम्म सरकारको सम्पर्कमा

काठमाडौँका सुकुमबासी बस्तीबाट विस्थापित २१४ परिवार मात्रै पुगे अहिलेसम्म सरकारको सम्पर्कमा

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १३:१५, काठमाडौँ

सरकारले आज पनि काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण क्षेत्रका सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ।

हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली आइतबार बिहानैदेखि खटिएका छन्। 

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका- ८ स्थित गोठाटार बुद्धचोक र ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीका संचरना हटाएर खाली गरिएको छ। 

बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका परिवारका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। 

मनहराका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौँ-९ स्थित गैरीगाउँ र ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिने सरकारले जनाएको छ।

शनिबार काठमाडौँ ११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो। 

थापाथली क्षेत्रको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको प्रधानमन्त्रीको सचिवालयको दाबी छ।

बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएका छन्। उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad