समाज


हिजो अवरोध भएको मनोहराको सुकुमवासी बस्तीमा आज बिहानैदेखि डोजर (भिडिओ)

हिजो अवरोध भएको मनोहराको सुकुमवासी बस्तीमा आज बिहानैदेखि डोजर (भिडिओ)

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १०:१, काठमाडौँ

काठमाडाैँ मनोहरा खोला किनारमा रहेको सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काउन थालिएको छ। 
    
आइतबार बिहानैदेखि बस्तीमा भक्तपुर तर्फबाट १३ नेपाल प्रहरी र ६ सय सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। 
    
मनोहरा क्षेत्रको बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि आज बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो। त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो। 
    
मनोहराका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको खड्काले बताए।

मनाेहरा बस्तीमा सात सय ७७ घरटहरा छन्। यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए। त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्थानीयले अवरोध गरेका थिए। केही सुकुमवासीले आक्रमण  गर्दा २२ सुरक्षाकर्मीसमेत घाइते भएका छन्।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad