समाज


काठमाडौँमा डोजर चलेपछि बाहिर पनि त्रास: उच्च अदालत बुटवलको जग्गाबाट हटाउन थालियो सामान

काठमाडौँमा डोजर चलेपछि बाहिर पनि त्रास: उच्च अदालत बुटवलको जग्गाबाट हटाउन थालियो सामान

प्रदीप आचार्य
बैशाख १३, २०८३ आइतबार ८:१४, बुटवल

उच्च अदालत बुटवलको अतिक्रमित सरकारी जग्गामा डोजर चलाउने तयारी भएपछि त्यहाँ रहेका टहरा तथा पसलबाट सामान उठाउन थालिएको छ।

बुटवल उपमहानगरपालिकाले अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फको अतिक्रमित जग्गा खाली गराउने तयारी अघि बढाएको हो। 

सूचना जारी हुने चर्चा चलेसँगै व्यवसायी र संरचना बनाएकाहरू आइतबार बिहानैदेखी सामान सार्न व्यस्त देखिएका छन्। 

उक्त जग्गामा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन रहेका छन्। उपमहानगरपालिकाले चाँडै सूचना निकालेर हटाउने अभियान सुरु गर्न सक्ने जनाएको छ।

लामो समयदेखि अतिक्रमणमा परेको उक्त जग्गा संरक्षणका लागि यसअघि पनि प्रयास भएपनि सफल हुन सकेको थिएन। अहिले पुनः प्रक्रिया अघि बढेपछि क्षेत्रमा हलचल बढेको छ।

काठमाडौँसहित देशका विभिन्न ठाउँका सार्वजनिक जग्गामा बनेका संरचना सरकारले डोजर लगाएर भत्काउन थालेपछि बुटवलको सार्वजनिक जग्गा अतिक्रमित आफैँले खाली गर्न थालेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad