सरकारले आज काठमाडौँको थापाथली क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाउँदै छ।
त्यसका लागि त्यस क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुमवासी बस्ती हटाउने भएको हो।
यसपछि दोस्रो चरणमा बाँकी सकुमवासी बस्ती हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ।
यसअघि बिहीबार साँझ महानगरपालिकाको टोलीले थापाथली, सिनामंगललगायत क्षेत्रमा शुक्रबार नै बस्ती खाली गर्न माइकिङ गरेको थियो। अन्यथा शनिबार बस्ती खाली गरिने र भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैँ हुनुपर्ने चेतावनी दिइएको थियो।
कतिपयले भने शुक्रबारै बस्ती छाडिसकेका छन्।
शनिबार बिहानै थापाथली क्षेत्रमा परिचालित सुरक्षाकर्मी





75
Shares

प्रतिक्रिया