समाज


निजी अस्पतालहरुले आरडीटी परीक्षण गर्न पाउने

निजी अस्पतालहरुले आरडीटी परीक्षण गर्न पाउने

नेपालखबर
जेठ ४, २०७७ आइतबार १२:५,

निजी तथा सामुदायिक अस्पतालहरुले कोरोना भाइरसको आरडीटी परीक्षण गर्न पाउने छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरुले आरडीटी परीक्षण गर्न पाउने भएका हुन्। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न निजी तथा सामुदायिक अस्पतालाई आरडीटी परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको हो।

परीक्षण उपत्यका भित्र रहेका अस्पतालहरुले स्वास्थ्य सेवा विभाग र बाहिरका अस्पतालहरुले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ। प्रवक्ता देवकोटाका अनुसार निजी अस्पतालहरुले जनस्वास्थ्य प्रयोशालाले सार्वजनिक सूचीमा उल्लेख गरेका आरडीटी किटहरुको मात्रै प्रयोग गर्न पाउनेछन्।

परीक्षण पश्चात दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेश गर्नुपर्ने छ। निजी तथा सामुदायिक अस्पतालहरुले आरडीटी परीक्षण बाफत शूल्क लिन पाउनेछन्। किट खरिद गरेको मूल्यमा बढीमा २० प्रतिशत शूल्क लिएर परीक्षण गर्न पाउने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad