इन्टरनेटमा व्यापक रूपमा प्रचारित भिडियोमा एक युवकसँग ती युवतीहरु देखिएका थिए।
उत्तर र दक्षिण वजीरिस्तानको दुर्गम आदिवासी जिल्लाका ती दुईजनालाई गत साता आफ्नै परिवारका एक सदस्यले गोली हानेर मारेको बताइएको छ।
घटनाको अनुसन्धान गर्न प्रहरीको एउटा टोली सो ठाउँमा पठाइएको बीबीसीले जनाएको छ।
डनका अनुसार १६ र १८ वर्षका युवतीहरूको हत्याको कारण एक युवकले तीनजना युवती देखिने गरि एकान्तस्थलमा लिएको एउटा सेल्फी भिडियो हो।
प्रहरी अधिकृतले सो भिडियो एक वर्ष अगाडि खिचिएको तर हालैका सातामा भाइरल भएको सो पत्रिकालाई बताएका छन्।
उक्त भिडियोमा अर्की एक युवती पनि देखिएकी थिइन्। प्रहरीले यतिबेला तेस्रो युवतीको पनि ज्यान खतरामा भएको बताउँदै उनलाई जोगाउन लागी परेको बताएका छन्।
ह्युमन राइट्स वाचले पाकिस्तानमा महिला र युवतीविरुद्धको हिंसा गम्भीर समस्याका रूपमा रहेको बताएको छ।
अभियानकर्मीहरूका अनुसार पाकिस्तानमा प्रत्येक वर्ष एक हजारभन्दा बढी यस्ता इज्जतका लागि हत्या हुने गरेको छ।
Shares

प्रतिक्रिया