समाज


२ मोटरसाइकल ठोकिँदा १ युवाको मृत्यु, ३ घाइते

२ मोटरसाइकल ठोकिँदा १ युवाको मृत्यु, ३ घाइते

नेपालखबर
बैशाख ५, २०८३ शनिबार ५:५७, मकवानपुर

मकवानपुरमा शुक्रबार साँझ एका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

धरान–चतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित सडकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

हेटौँडाबाट फुर्केचौरतर्फ आउँदै गरेको ना३९प ३७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बाप्र०३–००५प ७२१९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा हाल नाम थर वतन खुल्न नसकेको ३६ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।

गम्भीर घाइते उक्त पुरुषको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

सोही दुर्घटनामा परी मकवानपुरको बागमती गाउँपालिका–६ निवासी ४० वर्षीय अन्तबहादुर बिसी, हेटौँडा उपमहानगरपालिका–१८ निवासी ३५ वर्षीय राजु थिङ र प्र०३–००५प ७२१९ नम्बरको मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १८ निवासी ३८ वर्षीय सूर्यमणि खतिवडा र १२ वर्षीय प्रशान्त वाइबा घाइते भएका प्रहरी नायब उपरीक्षक बोगटीले बताए । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

यसैगरी मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७ पाथीभरास्थित सडकमा अटो रिक्सालाई पछाडिबाट कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

सडक छेउमा रोकिएको ना.२ह ४५९२ अटोलाई हेटौँडाबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्र३–०१–०२३च ३०८१ नम्बरको कारले ठक्कर दिँदा अटोमा सवार बागमती गाउँपालिका–७ निवासी ४० वर्षीय चिनीमाया रुम्बाको मृत्युु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad