समाज


सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १२:४६, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

महोत्तरी, तनहुँ र ताप्लेजुङमा सवारी दुर्घटना भएका हुन्। 

महोत्तरीको भंगहा नगरपालिका-६ मौवाचोकमा अनटेष्ट लेखिएको सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। 

दुर्घटनामा भंगाहा नगरपालिका-८ धर्मपुर घर भएका ५५ वर्षीया बेचनी सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि ताप्लेजुङको सिरिजंघा गाउँपालिका-४ तेल्लोकमा मे.१ त ७७६९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २६ वर्षीय युवकको मृत्यु भएको छ।

दुर्घटनामा ट्याक्टरका सहचालक फुङलिङ नगरपालिका-२ घर भएका २६ वर्षीय राजु रसाईलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि फरार ट्याक्टर चालकको खोजी भइरहेको छ। 

त्यसैगरि तनहुँको बन्दिपुर गाउँपालिका-४ बिमलनगरमा दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र.३-०१-००३ क ४८९८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

दुर्घटनामा गोरखाको पालुङटार नगरपालिका-६ घर भएका ६१ वर्षीय खुद बहादुर थापाको मृत्यु भएको हो। 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad