ad ad

समाज


निगुरो टिप्न जंगल गएका ८० वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

निगुरो टिप्न जंगल गएका ८० वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

नेपालखबर
जेठ ४, २०७७ आइतबार ३:४९,

दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न जाँदा वृद्धलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .