समाज


आज कतै पानी पर्ने सम्भावना छ कि छैन?

आज कतै पानी पर्ने सम्भावना छ कि छैन?

तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकास्थित मिनी ग्रेटवालमा बुधबार बिहान पर्यटक। तस्बिर : कृष्ण न्यौपाने/रासस


नेपालखबर
बैशाख २, २०८३ बुधबार ८:४७, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ। अनि यतिबेला (बुधबार बिहान) हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा छ। 

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी प्रदेशको पहाडी क्षेत्रसहित हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भेगमा आंशिक बादल लाग्ने र तराईमा मौसम मूख्यतया सफा रहनेछ। कोसी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थान, बाँकी हिमाली भूभाग तथा गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

यस्तै राति कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा कोसी प्रदेशको पहाडी भूभागका समेत एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ। 

यसैबिच यतिबेला काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहेको मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। 

‘तर दिउँसो आंशिक बादल लाग्ने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘तर आजलाई पानी पर्ने सम्भावना एकदमै कम छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad