समाज


सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

सशस्त्रका असई शेर्पाले गरिन् लोबुचे हिमालको आरोहण

नेपालखबर
बैशाख १, २०८३ मंगलबार २१:२९, काठमाडौँ

सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकि शेर्पाले नयाँ बर्ष २०८३ वैशाख १ गते लोबुचे हिमालको सफल आरोहण गरेकी छिन्। 

मंगलबार बिहान ८ः५७ बजे शेर्पाले ६ हजार १ सय १९ मिटर अग्लो सो हिमालको सफलतापुर्वक आरोहण गरेकी हुन्। 

हिमाल आरोहण गर्ने शेर्पा सशस्त्र प्रहरी बल नेपालको पहिलो महिला हुन्। बिश्वको सर्वोच्व शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी शेर्पाले यहि सिजनमा सगरमाथा र ल्होत्से हिमाल पनि चढ्ने छिन्। यसअघि उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झन्डा प्रदान गरेर बिदाइ गरिएको थियो। 

सशस्त्र प्रहरी बलबाट यसअघि  सशस्त्र प्रहरी नायब उपरिक्षक  सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरिक्षक दन्त बहादुर छन्त्यालले सगरमाथा शिखर सफलतापूर्वक आरोहण गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad