ad ad

समाज


तनहुँमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

तनहुँमा ट्याक्टरबाट खसेर युवकको मृत्यु

नेपालखबर
जेठ ३, २०७७ शनिबार १३:१५,

डुम्रे वेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा ट्याक्टरबाट खसेर शनिबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही नपा वडा नं १ भन्सार बस्ने १८ वर्षीय नवीन परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भन्सारबाट पुर्कोटतर्फ ढुंगा लिएर जाँदै गरेको ग१त ५५०२ नंको ट्याक्टरमा सवार परियारको ट्याक्टरबाट लडेर घाइते भई लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .