नेपाल भेटेरिनरी एशोसिएसनले आफ्नो १६औँ राष्ट्रिय सम्मेलन पारेर संस्थाका पूर्वअध्यक्ष डा. सितलकाजी श्रेष्ठलाई ‘एनभिए राष्ट्रिय सम्मान-२०२६’ प्रदान गरेको छ।
रुपन्देहीको तिलोत्तमामा चैत २७ गते बाट सुरु भएको दुई दिने राष्ट्रिय सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेका हुन्।
नेपालको भेटेरिनरी पेशामा छोटो समयमै श्रेष्ठले गरेको उल्लेखनीय योगदान र विशेष गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मन्चमा गएर खेलेको भूमिकाको लागि श्रेष्ठलाई सम्मान गरिएको भेटेरिनरी एशोसिएसनले जनाएको छ।

नेपालको भेटेरिनरी सेवालाई आवश्यक सेवामा समावेश गर्न श्रेष्ठले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
डा.श्रेष्ठ नेपाल भेटेरिनरी एशोसिएसनको ६० वर्षे इतिहासमा सबैभन्दा कम उमेरमा नेतृत्वमा पुगेका थिए। उनले निरन्तर रुपमा ७ वर्षसम्म (३ कार्यकाल) संस्थाको नेतृत्व गरेका थिए।
डा.श्रेष्ठले आफ्नो पहलमा सार्क क्षेत्रीय भेटेरिनरी एशोसिएसन पनि स्थापना गरेका छन्।
कार्यक्रममा एशोसिएसनले कृषि तथा वन विज्ञान विश्वविधालयका प्राध्यापक डा.भूमिनन्द देवकोटालाई पशु प्रजननमा उल्लेखनिय योगदान गरे वापत सम्मान गरिएको छ।
Shares

प्रतिक्रिया