समाज


कपिलवस्तुमा थप ३ जनालाई कोरोना संक्रमण, आजमात्रै ९ जनामा पुष्टि

कपिलवस्तुमा थप ३ जनालाई कोरोना संक्रमण, आजमात्रै ९ जनामा पुष्टि

नेपालखबर
जेठ ३, २०७७ शनिबार ५:५२,

कपिलवस्तुमा थप ३ जनालाई पुष्टि भएसँगै शनिबार(आज) बिहान मात्रै नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा संक्रमण भेटिएको हो।

योसँगै नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ। 

यसअघि शनिबार बिहानै विभिन्न ५ जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको थियो। 

ती संक्रमित पर्सा, वीरगञ्ज-१२ का २८ र २९ वर्षीय पुरुष, बर्दिया नार्खु-११ का २८ वर्षीय महिला, सिरहा सखुवा-१९ का ३० वर्षीय पुरुष, सर्लाही रामनगर-४ का १८ वर्षीय महिला र चितवन गढौंली-१ का २५ वर्षीय महिला छन्। 

उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाए। 

 

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad