नेपाल पत्रकार महासंघले सुर्खेतका पत्रकार बुद्धि सिंह ठकुरीको निधनप्रति स्तब्ध भएको जनाएको छ।
४१ वर्षीय पत्रकार ठकुरीको यही चैत २५ गते दिउँसो वीरेन्द्रनगर–३ स्थित निवासमा ह्रदयाघातका कारण निधन भएको महासंघ सुर्खेत शाखाले जनाएको छ।
दुई दशकदेखि पत्रकारिता सक्रिय ठकुरी महासंघ सुर्खेत शाखाका सदस्य थिए।
‘सुर्खेत र काठमाडौँमा कार्यक्षेत्र बनाइ टेलिभिजन पत्रकारितामा कार्यरत ठकुरीको निधनले नेपाली पत्रकारिता क्षेत्रले कुशल र जुझारु पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको’ महासंघले जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा स्वर्गीय ठकुरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।
Shares

प्रतिक्रिया