शनिबार ५ जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनालाई कोरोना संक्रमण भेटिएको हो।
नयाँ संक्रमित पर्साका दुई जना तथा सर्लाही, चितवन, बर्दिया र सिरहाका एक एक जना हुन्।
शनिबार भेटिएका नयाँ संक्रमित पर्सा, वीरगञ्ज-१२ का २८ र २९ वर्षीय पुरुष, बर्दिया नार्खु-११ का २८ वर्षीय महिला, सिरहा सखुवा-१९ का ३० वर्षीय पुरुष, सर्लाही रामनगर-४ का १८ वर्षीय महिला र चितवन गढौंली-१ का २५ वर्षीय महिला छन्।
उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनाए।

प्रतिक्रिया