समाज


बाढीले चापिनी खोलाको डाइभर्सन बगाउँदा सर्लाहीको हरिवनमा ४ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले चापिनी खोलाको डाइभर्सन बगाउँदा सर्लाहीको हरिवनमा ४ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तस्बिर: टंक क्षेत्रीको फेसबुकबाट।


नेपालखबर
चैत २६, २०८२ बिहिबार ८:२३, काठमाडौँ

स्थानीय खहरे खोलाले डाइभर्सन बगाउँदा सर्लाहीको हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। 

हरिवनस्थित चापिनी खोलामा बनाइएको डाइभर्सन गएराति आएको बाढीले बगाएपछि बिहीबार बिहान चार बजेदेखि नै पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

चारलेनमा बिस्तार भइरहेको पूर्वपश्चिम राजमार्गमा यतिबेला पुरानो पुलको ठाउँमा नयाँ पुल निर्माण हुँदैछ। चापिनी खोलामा पनि नयाँ पुल निर्माणको काम भइरहेकाले खोलामा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन हुँदै आएको छ। 

डाइभर्सन बगाएएकाले अब पूर्वपश्चिम राजमार्गकै पुरानो पुलबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए। 

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा यतिबेला हरिवनमा दुईतर्फी नै सवारी साधनको लामो लाइन लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad